Rule 87
विद्यालयको तह विभाजन
(१) विद्यालयलाई देहाय बमोजिमका तहमा विभाजन गरिएको छः–
(क) कक्षा एकदेखि पाँचसम्म– प्राथमिक तह
(ख) कक्षा छदेखि आठसम्म– निम्न माध्यमिक तह, र
(ग) कक्षा नौदेखि दशसम्म– माध्यमिक तह
(२) उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमको प्राथमिक तह र निम्न माध्यमिक तहलाई आधारभूत तह मानिनेछ ।